images

सुदूरका पर्यटकिय गनतब्य

आन्तरिक तथा बाह्य पर्यटकयका लागि सुदूरपश्चिम एक सुन्दर गनतब्य स्थल हो । ट्रयकिंग पर्यटकका लागि सुदूरपश्चिम एक ह्यारिटिज टुर बन्न सक्छ । स्वर्गको एक टुक्रा भनि बर्णन गरिएको खप्तड , रामारोसन बढीमालिका , मालिका अपि, साईपाल हिमालको ट्रयाकिंग गराउन सकिनें ब्यवसायीहरुको धारणा छ ।
अर्काेतिर सुदूरपश्चिम प्रसिद्ध शक्तिपिठलाई धार्मिक पर्यटकिय गनतब्य स्थलको रुपमा बिकास गर्न सकिन्छ । यसका लागि प्राकृतिक ,पुरातत्वीक धार्मिक महत्व बोकेका धार्मिक स्थलको परिचय दिन सक्नु मात्रैं पर्छ । नजिकमा पर्ने भारतको उत्तराखण्ड स्थित चारधामको भम्रण गर्न आउनें धार्मिक पर्यटकलाई तान्न सकिन्छ । यसका लागि सुदूरपश्चिमका धार्मिक तथा प्राकृतिक सुन्दरतालें भरिपुर्ण स्थलको भ्रमणका लागि एक साताको प्याकेज बनाउन सकिनें पर्यटन ब्यवसायीको धारणा रहेको छ ।
खप्तड (डोटी)


खप्तडमा पुगेर फर्कनेेंं पर्यटकलें भुस्वर्ग , स्वर्गको एक टुक्रा लगायतका उपमा दिएर फर्कनें गरेका छन । यों स्की–स्पटका लागि नेपालकैं सवैभन्दा बढी सम्भावना बोकेको क्षेत्र पनि हो ।
खप्तड भम्रणका लागि फागुन देखी असोज सम्म उपयुक्त समय मनिन्छ । काठमाण्डौंबाट धनगढी पुग्न हवाई र सडक मार्गको प्रयोग गर्न सकिन्छ । धनगढीबाट डोटीको सिलगढी सडक मार्गलाई रोज्नु पर्छ । यहा“बाट पैदलयात्रा तय गरेर बिचपानीमा रात बिसौनी गरि भोलीपल्ट खप्तड पुग्न सकिन्छ ।
खप्तड निकुञ्जको कार्यालयबाट खप्तड क्षेत्रको भम्रणको तय गर्न सकिन्छ । यसका लागि राजधानीबाट एक साताको प्याकेज बनाउन सकिन्छ । यहा सम्मका लागि प्रतिब्यक्ती २० देखी २५ हजार रुपैया“को खर्चलें पुग्छ ।
बढीमालिका ( बाजुरा)
चौध हजार फिट उचाईमा रहेको बाजुराको कैलासमाण्डुमा पर्ने बढीमालिका अति सुन्दर तथा मनमोहक छ । रमणिय २२ पाटनको छिनछिनमा बदलिनें मौसम यसको प्रमुख आर्कषण हो । यो सुदूरपश्चिमको एक शक्तीपिठमा समेत पर्छ । यहा“ त्रिवणी , मालिका र नाट्यश्यरी देवीस्थान छ ।
बढी मािलका मन्दिरको पुरातत्वीक महत्व पनि छ । यो बि.स.१४२३ भन्दा अघि स्थापना भएको प्रमाणित छ । भगवान शिवलें सतीदेवीको मृत्य शरिरको त्रिलोक घुमाउदा मल्लिका गिरीमा बाया“ हात पतन भएकोलें यहा“ बढीमालिका शक्तिपिठ उत्पन्न भएको किवदन्ती छ ।
बढीमालिका जादा बाटोंमा झारपातको बिश लाग्नें खतरा हुन्छ । तर इच्छाशक्ति भई जानें यात्रुलाई भर्नें बढीमािलका देवीको कृर्पालें बिश नलाग्नें जनबिश्वास छ । प्राय हिमपात भईरहनें बढीमालिकामा असार र साउनमा जान सहज हुन्छ ।
कालीकोट , हुम्ला , जुम्ला मुगु, अछाम , बझांग , बाजुरा , लगायतका जिल्लालाई हेर्न पनि सकिन्छ । बाजुरा वा धनगढीका पर्यटन ब्यवसायीबाट पैदल रुटको जानकारी लिएर मात्रैं यात्रा गर्दा राम्र्राे मानिन्छ । यात्रामा बास र गासको ब्यवस्थाका आफैलें बोकेर लैजानु पर्छ । राजधानी काठमाण्डौंबाट १० दिनको सयम मिलाउदा पुग्छ । यसका लागि प्रतिब्यक्ती २० देखी २५ हजार भए पुग्छ ।
रामारोसन ( अछाम)
अछामको रामारोसन क्षेत्रलाई घुम्न जानेंलें प्रकृतिको उत्कृष्ट भु–फुलको उपमा दिनें गरेका छन । समद्री सतहमाबाट १२ हजार फिट भन्दा बढ्ता उचाईमा रहेका सुन्दर रमणिय फा“ट र तालतलियाहरु छन ।
अछामको सदरमुकामबाट दुई दिनको यात्रा तय गरेर जादा यो क्षेत्र घुमेर फकिन्छ । यसका लागि प्रति ब्यक्ती १० हजार वोक्दा हुन्छ ।
शैलेश्वरी डोटी

?

धार्मिक रुपमा अति महत्वपुर्ण मािननें डोटीको शैलेश्वरी मन्दिर पुग्न कैलाली÷कञ्चनपुरबाट ८ घण्टामा पुगिन्छ । डोटीको सदरमुकाम सिलगढी स्थित शैलेश्वरी मन्दिर छ । देवीका सात स्वरुपमा शैलेश्वरी पुत्री पनि एक मानिनें भएकोलें सुदूरको यस क्षेत्रमा रहेको यो मन्दिर एक शक्ति पिठका रुपमा लिइन्छ ।
उग्रतार ( डडेल्धुरा)


देवीकैं एक अंशको रुपमा रहेकी डडेल्धुरामा अवस्थित उग्रतार यस क्षेत्रको प्रसिद्ध मन्दिरमा पर्छ । यसको वरीपरि रहेका घटाल थान , बिरबेताल, समैजी , गंगेश्वर , भागेश्वर , असिग्राम लगायत थुर्पै धार्मिक क्षेत्र छन ।
डडेल्धुरा बाह्ैंमास अनुकुलन बतावरणिय क्षेत्र हो । तराईमा ४५ डिग्री तापक्रम पुगेको बेला डडेल्धुरामा २७ डिग्रीमा स्थिर हुन्छ । न्यूनत्म तापक्रम पनि शुन्य भन्दा तल कहिल्यैं झर्दैन । त्यसैलें जुनसुकैं महिना पनि भम्रणका लागि उपयुक्त हुन्छ ।
परशुराम धाम डडेल्धुरा

?

परशुराम भगवानको बिश्वमा एक मात्रै धाम हो परशुराम क्षेत्र । यों डडेल्धुराको भित्री मधेस जोगबुढा क्षेत्रमा पर्छ । महाकाली नदीको तटमा रहेको परशुराम धाममा चुनढुंगाका बिचमा मन्दिर छ । यहा परशुराम भगवानले यंज्ञ लगाएको स्थान मनिएको छ । यसको पश्चिममा पुर्णागरि माताको दरवार छ । यो असाध्यैं रमणिय स्थान पनि छ । यहा“ पुग्न धनगढी–डडेल्धुरा राजमार्गको बुढर क्षेत्रबाट जानु पर्छ । भारतको वनवासा टनपुर हुदैं पुर्णागरिी दरवार जानें मार्गको छेउबाट समेत यहा २ घण्टामा पुग्न सकिन्छ ।
देहमाण्डौं मेलौली र त्रिपुरा सुन्दरी (बैतडी)


बैतडीमा रहेका देहमाण्डौं , मेलौली र त्रिपुरा सुन्दरी मन्दिर देवीका शक्तिपिठकैं रुपमा लिईन्छ । देहमाण्डौं थान र त्रिपुरासुन्दरीको मन्दिर डडेल्धुरा—बैतडी जोड्नें राजमार्गमैं पर्छन । मेलौल ीभनें बैतडीको तल्लो सरोड क्षेत्रमा पर्छ । यो क्षेत्रलाई बैतडी सदरमुकाम संग मोटरबाटो जोडिएको छ । तर कच्ची छ । उक्त देवीस्थानहरुको भम्रणका लागि मौसमका रुपमा जहिलें पनि उपयुक्तनैं हुन्छ । उक्त मन्दिरको दर्शन भारतको पिथौरागडका धार्मिक पर्यटकहरु समेत आउनें गरेका छन । यिनलाई शक्ति देवीको रुपमा लिईएको छ । मनकोइच्छा पुरा गर्ने भएकालें भारतबाट समेत धार्मिक पर्यटकहरु आउनें गरेका छन भन्ने छ ।
बेहडावावा (कैलाली)
धनगढी उप महानगरपालिकाको उर्माबस्तीमा पर्ने बेहडावावाको मन्दिर नेपाली र सिमावर्ति भारतियहरुको आस्थाको धरोहर हो । कैलालीको सिमावर्ति जिल्ला लखिमपुर खिरीका बिभिन्न गाउबस्तीबाट भारतियहरु यस मन्दिरको दर्शन गर्न हजारौंको सख्यामा आउनें गरेका छन ।
यो थारु पहाडी लाई एक बनाई राख्नें मन्दिर समेत हो । कैलालीमा बस्नें वहेडा वावा थारु पहाडीको कुल देवता पनि हो । यहा“ जेठमा पर्ने गंगादशहरामा एक महिना मेला लाग्नें गरेको छ ।
धनगढी बजारबाट १५÷१६ किलोमिटरको दुरीमा छ । यसको नजिकैं थारुहरुको भादा होम–स्टें गाउ छ । होम–स्टें गाउ«“को समेत मजालें भ्रमण गर्न सकिन्छ । कैलालीमा घोडनघोडी ताल , चिसापानीमा र्याफिटिंग आदि छन ।
शुक्लाफा“टा (कञ्चनपुर)

सयौंको सख्यामा रहेको बाह्सिंगें बथान बिश्वमैं दर्लभ रुपमा हेर्न पाईन्छ । तर कञ्चनपुरको शुक्लाफा“टा आरक्षण भित्र नजिकबाट हेर्न सक्नें अवसर प्राप्त गर्न सकिन्छ । शुक्लाफा“टाका ठुल ठुला दुई फा“टामा बाह्सिंगें बथान देखिनें गरेको छ ।
बर्षादी महिनामा झारपात बढी उम्रिनें भएकालें प्रष्ट देख्न गाहे हुन्छ । हिउदमा उस्सुलें कहिलेंकाही नदिनें भएकोलें फागुन देखी जेठ सम्मको महिना सवैभन्दा उपयुक्त हुन । यसका अतिरिक्त बाघ हात्ती , गैडा लगायतका ठुला जनावर हेर्ने अवसर सौभाग्य कहिलेंकाहि जोर्न सकिन्छ । जंगल सपारीमा बिभिन्न थरीका अन्य पुशपंक्षी समेत हेर्न सकिन्छ ।
यो महेन्द्रनगर बजारबाट थोरैं दुरीमा छ । यहा पुगि सकेपछि दक्षिण एसियाकैं सवैभन्दा लामो दुरीमा रहेको दोधरा–चादनीको झुलुङ्गे पुल पनि हेर्न सकिन्छ ।
सम्भावना
धार्मिक पर्यटनका लागि सुदूरका धार्मिक स्थानलाई भारतको उत्तराखण्डका चार धाम संग जोडिने रुट निर्माण गर्न सकिनें सम्भावना छ । त्यसका लागि सरकारलें थोरैं लगानी र इच्छाशक्ति प्रकट गर्न आविश्यक भएको यस क्षेत्रका ब्यवसायीहरुको धारणा छ ।
सुदरपश्चिम भारतको उत्तराखण्ड संग जोडिएको छ । कैलाली ÷कञ्चनपुरबाट भित्राएर पिथौरागडबाट पुनः भारत पठाउन सकिनें धार्मिक पर्यटकिय रुट तयार पार्न सकिन्छ । त्यस्तैं खप्तड , रामारोसन , बढीमािलका हुदैं रारा सम्मको ह्यटिजक ट्रयाकिंग रुट तयार हुन सक्छ ।