images

हिन्दी गीत लिप्सिङबाट चर्चामा तान्जानियाका दाजुबहिनी

  • १० पुष २०७८, शनिबार

काठमाडौँ — तान्जानियाका दुई दाजुबहिनी हिन्दी गीतहरुमाथि टिकटकमा लिप्सिङ भिडियो बनाउँदै चर्चामा आएका छन् । ‘रात लम्बिया’ बोलको गीतमा लिप्सिङ भिडियो बनाएर चर्चामा आएका किलि पल र नीमा पलले हालै ‘सुर्यवंशी’ फिल्मको गीतमाथि पनि भिडियो बनाएका छन् ।

उनी दुईले फिल्मको ‘टिप टिप वर्षा पानी’मा लिप्सिङमात्रै होइन कट्रिना कैफ र अक्षय कुमारको स्टेप पच्छाउँदै भिडियो बनाएपछि भारतीय संचारमाध्यमले किलि र नीमामाथि समाचार नै बनाएका छन् ।

‘यो गीत सार्वजनिक भएसँगै चर्चामा छ,’ इन्स्टाग्राममा भिडियो राख्दै किलिले कट्रिना र अक्षयलाई ट्यागसमेत गरेका छन् । ‍हिन्दी भिडियो बनाउँदै चर्चामा आएका किलि र नीमाले बलिउड फ्यान पनि कमाएका छन् । यसअघि किलिले ‘कुछ कुछ होता है’ फिल्मको गीतमाथि लिप्सिङ गरेका थिए ।सभार कान्तिपुर