(धनगढी) सुदूपश्चिमको कैलाली र कञ्चनपुरमा अझैं मनसुन सक्रिय भई सकेको छैन । अकासेपानीको भरमा बसेका किसानहरु मनसुन सक्रियको प्रतिक्षामा छन । उनिहरु अव चाडै मौसम बर्सने आशमा खेतकों आली, ड्याम बाध्ने, दोहेरो– तेहोरो जोताई गरि माटो सम्याउने काममा ब्यस्त छन ।
नहर कुलोको पानी लाग्ने खेत र डिप बोरिंगबाट सिचाई गर्न सक्ने किसानहरुको रोपाई भने शुरु भइसकेको छ । डिप बोरिंगबाट पानी निकालेर सिचाई गर्ने किसानलाई भने येतिबेला डिजलमा भएको मुल्यबृद्धिले ढाड सेकाई भएको छ । ‘मनसुन सक्रियताको प्रतिक्षामा बस्दा बेर्ना बुढो होला जस्तो लाग्यो’ धनगढी बेलापुरका दयासागर चौधरीले भने,‘बोरिंग गरेकोले रोपाई शुरु गरिहाले । तर डिजलमैं खर्च बढ्ता हुने भयो ।’
उनले मात्रैं नभएर मनसुन ढिलो सक्रियले आफनो डिपबोरिंग भएका ठुला किसानले रोपाई शुरु गरेका छन । नभएका केहि किसानले समेत ठुला किसानको डिप बोरिंगको खर्च तिरेर रोपाई गर्नु परेको बताएका छन । ‘डिजलका लागि १० हजार ऋण लिए’ बेलाकैं पुरन चौधरीले भने,‘ बडका (ठुलो) किसानको खेतमा डिपबोरिंग थियो । किराया (डिजल आफना र केहि मोटरचलेको खर्च) दिएर खेत रोपाई गरेको छु ।’
उनले मल , डिजल, ट्याक्टर र मजदुरी ज्याल गर्दा एक बिगाहा जग्गामा खेती गर्दा २० हजार बढीको लागत आउने बताए । एक बिगाहा जग्गामा मुश्किलले ४० बोरी धान फल्छ’ उनले भने,‘ सिचाइ सुबिधा , मल र डिजल बिउमा सहुलियत बिना किसान माथी उठन सक्दैंन ।’
त्यस्तैं मल प्रयोग गर्न नपाउदा उत्पादन घट्छ की भन्ने पिर एकातिर, येहिबेला सरकारले डिजलमा गरेको मुल्य बृद्धिले किसानको ढाड सेकाई भएको बेलाकैं श्याम रानाले भने । ‘सरकार कृषिमा आधुनिकरणको नारा लगाउछ’उनले भने, मल , डिजल र सिचाईको सुबिधा किसानलाई दिन सक्दैंन । अनि किसानी पेशा कसरी टेक्छ ।’
उनका अनुसार कैलालीको खुटिया सिचाई योजना अलपत्र पर्दा किसान खेत सिचिंत हुन सकेको छैन । डेड दशक अघि खुटिया नहरको योजनामा पानी सञ्चालन हुदा किसानको खेत सिचिंत भएको थियो । बर्खाको बाढीले इनटेक बाध बगाएर पछि नहरको संरचना भएपनि पानी बग्दैंन । पछिल्लोसमयमा पलटिंग बढेपछि खेति योग्यजमिन पनि मासिदै गएको भनेर सिचाइ योजना समेत अलपत्र परेको उनको भनाई छ ।
त्यस्तैं २०६८को बाढीले भत्काएको श्रीपुरको सिचाई नहर योजनाको बाध पुर्न निर्माण नहुदा अकोसपानीको भरमा बस्नु परेको श्रीपुरका लाल बहादुर खत्रीले बताए । ‘आफनैं लगानीमा डिप वोरिंगबाट खेत सिचिंत गरि रोपाई गर्नु आफनो क्षेमता छैन’ उनले भने,‘ डिपवोर गर्न सक्ने किसानको खेतसिचिंत छ । समयमैं रोपाई शुरु भएको छ । हामी हेरेको हरेयैं छौं । कतिबेला अकासेपानी पर्ला र रोपाई शुरु गरौला भनेर । ’
उनले सरकारले कुलो र नहरको संरचना भएको ठाउमा इनटेक बाध बाधेर पुन पानी सञचालनको योजना ल्याउनु पर्ने बताए । कैलाली जिल्लामा एक दर्जन भन्दा बढी कुलो नहर योजनाहरु दशक देखि पुर्न निर्माणको प्रर्खाइमा छन । बर्खाकोबाढीले भत्काएका कुलो तथा नहरको इनटेक बाध पुर्न निर्माण नभएर जिल्लाको १० हजार भन्दा बढी जमिन सिचिंत हुन सकेको छैन ।
कैलाली जिल्लामा ७२ हजार हेक्टर भन्दा बढी जमिनमा धान खेति हुन्छ । जसमध्ये सरकारी तथ्यले ४० प्रतिशत सिचिंत भने पनि ३० प्रतिशत जमिन मात्रैं सिचिंत छ । बर्खाको बाढीले दर्जन बढी कुलो र नहरको इनटेक बाध बगाएर जिल्लाको सिचिंत कमाण्ड क्षेत्र १० हजार हेक्टर घटेको छ । जिल्लामा २० प्रतिशत ठुला किसानले आफनैं लगानीमा डिप बोरिंगबाट खेत सिंिचत गर्छन ।