images

वार्षिक २५ लाख पर्यटक, जीडीपीमा ७ प्रतिशत योगदान पुर्याउने लक्ष्य

  • २४ जेष्ठ २०८१, बिहीबार

काठमाडौं । सरकारले वार्षिक २५ लाख पर्यटक आगमन पुग्ने अनुमान सहित १६ औं योजनाको लक्ष्य तय गरेको छ । राष्ट्रिय योजना आयोगका अनुसार आर्थिक वर्ष २०८५/८६ सम्म वार्षिक पर्यटक आगमन २५ लाख पुग्ने अनुमान गरिएको छ । आव २०७९/८० मा ८ लाख २० हजार पर्यटक आएका थिए । अबको ५ वर्षमा यस्तो आगमन तीन गुणाले बढ्ने आयोगको अनुमान छ ।

आयोगका अनुसार यस अवधिमा पर्यटकको औसत बसाइ अवधि १५ दिन प्रतिपर्यटक पुग्ने अनुमान छ । अहिले यस्तो बसाइ अवधि औसत १३.१ दिन रहेको छ । अहिले नेपाल आउने पर्यटकले प्रतिदिन ४०.५ अमेरिकी डलर खर्च गरिरहेको देखिएको छ । यसलाई बढाएर ८५ प्रतिशत पुर्‍याउने लक्ष्य १६औं योजनाले लिएको छ । कुल गार्हस्थ उत्पादन (जीडीपी) मा पर्यटन क्षेत्रको योगदान ७ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ । अहिले पर्यटनको योगदान जीडीपीमा २ प्रतिशत मात्र छ । जीडीपीमा पर्यटन क्षेत्रको योगदान बढाउन पर्यटन क्षेत्रबाट मूल्य अभिवृद्धिमा सुधार गर्दै आम्दानी बढाइने उल्लेख छ ।