images

कुवेतको ६ तले भवनमा आगलागी : ४१ जनाको मृत्यु, नेपालीहरु पनि फसेको आशंका

काठमाडौं । कुवेतको मङ्गाफ सहरमा कामदार बस्ने एक ६ तले भवनमा आगलागी हुँदा कम्तीमा ४१ जनाको मृत्यु भएको छ । आगलागीमा परी कयौँ घाइते भएका छन् । कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्सालले आगलागी भएको घरमा नेपाली पनि रहेको भन्ने गैरआवासीय नेपालीहरूको जानकारी पशचात दूतावासबाट तीनजना बुझ्नका लागि पठाएको जानकारी दिए । विस्तृत विवरण भने आउन बाँकी छ ।

उनका अनुसार घटनास्थलमा बुझ्नका लागि कुवेतस्थित नेपाली दूतावासका कन्सुलर सुजनी राना, श्रम सहचारी गिरीप्रसाद आचार्यसहित तीन जनालाई पठाइएको छ । आगलागीको घटना स्थानीय समयअनुसार बुधबार बिहान ६ बजे भएको थियो । आगलागी नियन्त्रणमा आएपछि कुवेतका उपप्रधानमन्त्री शेख फहाद युसुफ साउद अल–सबाह घटनास्थल पुगेका थिए । उनले नै कम्तीमा ४१ जनाको मृत्यु भएको पुष्टि गरेका थिए ।