images

नेपालको टी-२० वरीयता खस्कियो, दीपेन्द्रको माथि उक्लियो

  • ३१ जेष्ठ २०८१, बिहीबार

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सार्वजनिक गरेको नयाँ टी २० वरीयतामा नेपाल एक स्थान खस्किएको छ । अमेरिका र वेस्ट इण्डिजमा जारी विश्वकपमा नेदरल्याण्ड्ससँग पराजित भएपछि नेपाल १७ औँबाट १८ औँ स्थानमा झरेको हो । नेपाल एक वरीयता खस्कँदा अमेरिका भने १७ औँ स्थानमा उक्लिएको छ । जारी विश्वकपमा पाकिस्तान र क्यानडालाई हराएपछि अमेरिकाले वरीयतामा पनि सुधार गरेको हो । टी २० वरीयताको शीर्ष स्थानमा भारत कायमै छ । टिमको वरीयता खस्किए पनि नेपाली टिमका स्टार अलराउन्डर दीपेन्द्र सिंह ऐरीले टी(२० अलराउन्डतर्फको वरीयतामा एक स्थान सुधार गरेका छन् । योसँगै उनी नवौँ स्थानमा उक्लिएका छन् ।