images

कोशीको वजेट ३५ अर्ब २७ करोड रुपैयाँ

  • २ असार २०८१, शनिबार

काठमाण्डौं । कोशी प्रदेशमा सरकारले आउँदो आर्थिक वर्ष २०८१/८२ का लागि ३५ अर्ब २७ करोड रुपैयाँको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले चालू आर्थिक वर्षकोभन्दा एक अर्ब रुपैयाँ कमको बजेट प्रस्तुत गरे । कोशी प्रदेश सरकारले आगामी वर्षका लागि चालुतर्फ १४ अर्ब ४७ करोड ३० लाख र पुँजीगत तर्फ १६ अर्ब २० करोड र वित्तीय व्यवस्थातर्फ ४ अर्ब ५८ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ ।