काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ। शनिबार मध्यरातिबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलमा ३ र डिजेल तथा मट्टीतेलमा एक रुपैयाँ घटाएको हो। डिजेल र मट्टितेलमा पहिलो वर्गअन्तर्गत १४९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गअन्तर्गत रु १५१ र तेस्रो वर्गअन्तर्गत रु १५२ मूल्य कायम गरिएको निगमले जनाएको छ।
मूल्य घटेसँगै पेट्रोलको मूल्य पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा १६२ रुपैयाँ ५० पैसा, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा रु १६४ र तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा रु १६५ मूल्य कायम भएको छ।