images

केन विलियम्सनले त्यागे कप्तान पद, नेपालमा पनि रोहित र मोन्टिलाई राजीनामा दिन दबाब

  • ६ असार २०८१, बुधबार

काठमाडौं । टी–२० विश्वकप २०२४ मा न्युजिल्यान्डको लज्जास्पद हारपछि कप्तान केन विलियम्सनले कप्तान पद त्याग गरेका छन् । साथै उनले न्युजिल्याण्डको केन्द्रीय सम्झौता (सेन्ट्रल कन्ट्रयाक्ट) पनि अस्वीकार गरेका छन् । केन विलियम्सन अब न्युजिल्यान्ड टोलीको नियमित सदस्य नरहने र ठूला प्रतियोगितामा मात्रै खेल्न सक्ने अनुमान गरिएको छ ।

२०२४ को टी–२० विश्वकपमा न्युजिल्याण्डको टोली सुपर–८ मा पुग्न नसकेर समूह चरणबाटै बिदा भएको थियो । वेस्ट इन्डिज र अफगानिस्तानसँग न्युजिल्यान्डले लज्जास्पद हार बेहोरेपछि टी–२० विश्वकप ट्रफी जित्ने सपना चकनाचुर भयो । यही कारण केन विलियम्सनले न्यूजिल्याण्डको कप्तानीबाट राजीनामा दिएका छन् ।

यता नेपालमा पनि २०२४ को टी–२० विश्वकपमा एउटा पनि जीत निकाल्न नसकेको भन्दै कप्तान रोहित पौडेल र मुख्य कोच मोन्टि देसाईले नैतिकताको आधारमा पदबाट राजीनामा दिनु पर्ने चर्को माग उठेको छ । तर यो विषयमा कप्तान रोहित र कोच देसाईले मुख खोलेका छैनन् । यता नेपाली क्रिकेट टोली स्वदेश फिर्ता हुने बितिक्कै टिम म्यानेजमेन्टमा फेरबदल हुने संभावना रहेको क्यान निकट स्रोत बताउँछ ।