
काठमाडौँ । नेपालका तीन क्रिकेटर क्यानडामा हुने ग्लोबल टी-२० प्रतियोगितामा छनोट भएका छन् । कप्तान रोहित पौडेल, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले ग्लोबल टी-२० खेल्ने भएका हुन् ।
रोहितलाई टोरन्टो नेशनलले समावेश गरेको छ, त्यस्तै सन्दीप र दिपेन्द्रले भ्यान्कोभर नाइटसबाट खेल्ने भएका हुन् । गत सिजनमा सन्दीप सुर्रे जागुअर्स र दिपेन्द्र मोन्टरियल टाइगर्सबाट खेलेका थिए । यस सिजनको ग्लोबल टी-२० जुलाई २५ देखि अगस्त ११ सम्म क्यानडाको ओन्टारियोमा हुदै छ ।
यो ग्लोबल टी-२० को चौथो सिजन हो । यस अघि २०१८ मा भ्यान्कोभर नाइट्स, २०१९ मा विनिपेग ह्वाक्स र २०२३ मा मोन्टरियल टाइगर्सले उपाधि जितेका थिए ।