images

मेरो जादुमय गतिविधिले प्रधानमन्त्रीबाट हटाउन सकेनन्, पाँचै वर्ष सरकार चलाउँछु : दाहाल

  • ९ असार २०८१, शनिबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आफूलाई सरकारको नेतृत्व लिएदेखि नै हटाउन खोजेपनि आफ्नो जादुमय गतिविधिले त्यो सम्भव हुन नदिएको दाबी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै इतिहास, मुद्दा, आन्दोलन र जादुमय गतिविधिका कारण आफूले पूरै कार्यकाल सरकार चलाउने परिस्थिति देखेको प्रधानमन्त्री दाहालको दाबी छ ।

प्रधानमन्त्री दाहालले छिट्टै केन्द्रीय समितिको बैठक बसेर पार्टीबाट पनि अभियानात्मक रुपले लैजाने बताए । दाहालले भने, यो अन्तिम समयसम्म साथीहरू, नेताहरू कार्यकर्ताहरू कसैलाई पनि फुर्सद नदिने आत्मनिर्भर अर्थतन्त्रका निम्ति, उत्पादनको निम्ति, रोजगारीको निम्ति, जातीय मुक्तिको निम्ति यी सबै विषयका विभिन्न कहिले सांस्कृतिक अभियान, कहिले उत्पादनको अभियान, कहिले प्रचारको अभियान आदि इत्यादि गर्दै हामी अभियानात्मक रुपमा जाने सोचेका छौं ।