images

अष्ट्रेलियामाथि अफगानिस्तानको ऐतिहासिक जीत

  • १० असार २०८१, आईतवार

काठमाडौं । टी २० विश्वकपको सुपर ८ मा अफगानिस्तानले अष्ट्रेलियालाई ऐतिहासिक २१ रनले पराजित गरेको छ । यो अघिसम्म अफगानिस्तानले अष्ट्रेलिया जीत निकाल्न सकेको थिएन । १४९ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको अष्ट्रेलिया १९.२ ओभर खेल्दै १२७ रनमा अलआउट भयो । अष्ट्रेलियासँग भएका ६ अन्तर्राष्ट्रिय खेलमा अफगानिस्तानको यो पहिलो जित हो । अष्ट्रेलियाका ग्लेन म्याक्सवेलले ५९ रन बनाए पनि हार टार्न सकेनन् । मिचेल मार्शले १२ र मार्कस इस्टोनिसले ११ रन बनाए भने अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

अफगानिस्तानका गुलबदिन नाबीले ४ र नवी उल हकले ३ विकेट लिए । मोहम्मद नावी, राशिद खान र अजमतुल्लाह उमरजईले समान एक एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ६ विकेट गुमाउँदै रहमानुल्लाह गुर्बाज र इब्राहिम जद्रानको अर्धशतक मद्दतमा १४८ रन बनाएको थियो । गुर्बाजले ६० र जद्रानले ५१ रन बनाएर आउट भए । करिम जन्नतले १३ र मोहम्मद नाबीले १० रनको योगदान गरे । अष्ट्रेलियाका प्याट कमिन्सले तीन, एडम जाम्पाले दुई तथा मार्कस स्टोनिसले एक विकेट लिए ।