images

गृहमन्त्री रविले आफ्नो मुद्दा लडिरहेका वकिलका भान्जालाई एआइजीमा सिफारिस गरेपछि….

  • ११ असार २०८१, सोमबार

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले आफ्ना वकिलका भान्जा डिआइजी पोषराज पोखरेललाई एक दिन अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) बनाउनका लागि नियमविपरित बढुवामा सिफारिस गराएका छन्। एआइजीबाट उमेशराज जोशी असार १९ गते अवकाश पाएर पद रिक्त हुने भएपनि गृहमन्त्री लामिछानेले आफ्ना वकिललाई खुसी पार्न नियमविपरीत गृहसचिवको नेतृत्वको समितिबाट एआईजीमा बढुवा सिफारिस गराएपछि चर्को आलोचना हुन थालेको छ ।

ब‍ढुवाका लागि एक हप्ताअघि मात्र सिफारिस गर्नुपर्ने भएपनि प्रहरी महानिरिक्षक वसन्तराज कुँवर सोमबार बेलुका अमेरिका जाने भएपछि पोखरेललाई समय अगावै सिफारिस गरिएको हो। पोखरेल पनि असार २१ गते उमेर हदका कारण अवकास पाउँदै छन्। असार २० गते १ दिन एआइजी बनाउनका लागि गृहमन्त्री लामछानेको स्वार्थमा पोखरेललाई सिफारिस गरिएको हो। अहिले रवि लामिछानेका विवादित मुद्दाहरूको प्रतिरक्षा गरिरहेका वरिष्ठ अधिवक्ता सुशिल पन्तको दबाबमा भान्जा नाता पर्ने पोखरेललाई एक दिन एआइजी बनाउन लागिएको हो।