
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओली जोडिएको भनिएको गिरिबन्धुको फाईल खोल्ने धम्की दिए । प्रतिनिधि सभामा बोल्दै गिरिबन्धु प्रकरणमा उजुरी आएपछि कुनै पनि बेला अनुसन्धान गर्न प्रहरी तयार रहेको बताएपछि एमाले र रास्वपाको सम्बन्ध चिसिएको आकलन गर्न थालिएको छ । नेपाली कांग्रेसले पनि केही समय अघिदेखि नै गिरिबन्धुको फाईल खोल्न माग गर्दै आइरहेको छ । रास्वपालाई सडकबाट गृहन्त्रालय पुर्याएपनि एमालेविरुद्ध खुल्लम खुल्ला त्यो पनि सार्वभौम संसदमा रविले दिएको अभिव्यक्तिले सत्ता समीकरणमा प्रभाव पार्न सक्ने एमालेका नेताहरु बताउँछन् ।
केपी ओलीले काँधमा चढाएर सत्तामा पुर्याका रवि ओलीलाई नै जेल हाल्ने धम्की दिईरहेको जानकारहरु बताँछन् । स्रोतका अनुसार शिक्षामन्त्री सुमना श्रेष्ठले राजनीतिक दलमा आबद्ध शिक्षकहरुलाई राजनीतिक दलको सदस्यता त्याग्न ताकेता गरि अटेरी गर्ने शिक्षकहरुलाई कारबाही गरि निलम्बन गर्न थालेपछिले केही दिन अघि मन्त्री सुमनाको चर्को आलोचना गरेका थिए । त्यो घटनाबाट चिडिएका ओली आफ्नो पार्टीको मेरुदण्डका रुपमा रहेका शिक्षकहरुले धमाधम सदस्यता त्यागेमा एमाले कमजोर हुने ठानेर निकै चिन्तित बनेका छन् तर मन्त्री सुमना भने आफ्नो अडानबाट पछि नहट्ने बताउँदै आएकी छन् । त्यही टकरावको कारण ओली रास्वपासँग रुष्ट भएर अभिव्यक्ति दिन थालेपछि रविले गिरिबन्धुको फाईल खोल्ने धम्की दिएको जानकारह बताउँछन् ।
यदि गृहमन्त्री रविले दिएको अभिव्यक्ति सही ठहरियो भने अहिलेको सत्ता गठबन्धन भत्किने संभावना प्रबल रहेको छ । संसदमा ७८ सिट ओगटेर बसेको एमालेले आफ्ना अध्यक्षलाई रविले जेल हालेको टुलुटुलु हेरेर बस्ने कुरै भएन । त्यसो त केन्द्रीय अनुसन्धान ब्युरो गिरिबन्धु टि स्टेटको उजुरीको प्रतिक्षा गरेर बसिरहेको छ। कुनै पनि समय, कुनै पनि बेलादेखि भएका विभिन्न किसिमका यी घटनाहरुका बारेमा नेपाल प्रहरी अनुसन्धान गर्न तत्पर भएर बसेको छ भन्ने उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सत्तागठबन्धनमा भित्रभित्रै निकै दरार आएको सहजै बुझ्न सकिन्छ । उता एमालेका सांसदहरुले पनि अहिलेको सरकारले ल्याएको बजेटको कडा आलोचना गरिहेका छन् । अर्कोतर्फ वि. स. २०९३ सालका लागि सर्वोच्च अदालतको प्रधानन्याधीश कसलाई बनाउने भन्ने विषयमा चर्को विवाद चलिरहेको छ । एमाले अध्यक्ष केपी ओलीले संबैधानिक नियुक्ति तथा अन्य भागबण्डामा पेल्न थालेपछि प्रधानमन्त्री दाहालल पनि रुष्ट रहेको स्रोत बताउँछ ।