images

११ महिनामा २० अर्ब बराबरको धान र चामल आयात

  • १४ असार २०८१, बिहीबार

काठमाडौं । नेपालले चालु आर्थिक वर्षको ११ महिनामा २० अर्ब बराबरको धान र चामल आयात गरेको छ । कृषि मन्त्रालयका अनुसार आथिर्क वर्ष २०८० ८१ को जेठ मसान्तसम्म ३० करोड ५३ लाख १० हजार ५२० केजी धान अर्थात ११ अर्ब ५५ करोड २५ लाख ७९ हजार रुपैयाँको धान आयात गरेको छ । यसैगरी सो अवधिमा ८ करोड २७ लाख ६९ हजार ८९ केजी चामल अर्थात् ८ अर्ब ६९ करोड ६ लाख ८५ हजार रुपैयाँको चामल आयात गरेको छ । मन्त्रालयका अनुसार ८८ करोड ६५ लाख २१ हजार रुपैयाँ बराबरको धानको बिउ आयात भएको छ । नेपालले ९ लाख २० हजारको कनिका पनि आयात गरेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।