
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार भेटवार्ता भएको छ । देउवा पत्नी आरजुसहित शनिबार दिउँसो साढे ३ बजे ओलीलाई भेट्न बालकोट पुगेका थिए । उनीहरुबीच करिब सवा दुई घण्टा कुराकानी भएको स्रोतले जानकारी दिएको छ । उनीहरुको बीचको कुराकानी गोप्य राखिएको छ । यद्यपि दुई ठूला दलहरुबीच नयाँ सरकार गठनका विषयमा औपचारिक संवाद सुरु भएको राजनीतिक वृतमा चर्चा चलेको छ । पछिल्लो समय नेकपा एमालेका अध्यक्ष केपी ओली सरकारले ल्याएको बजेटसँग रुष्ट बनेका छन् ।