images

कोहलीको अर्धशतकको मदतले दक्षिण अफ्रिकालाई भारतको १७७ रनको लक्ष्य

  • १६ असार २०८१, शनिबार

काठमाडौं । आईसीसी टी २० विश्वकप २०२४ को फाइनलमा दक्षिण अफ्रिकाविरुद्ध टस जितेर पहिला ब्याटिङ टस जितेर ब्याटिङ रोजेको भारतले रन १७६ बनाएको छ । खराब शुरुवात गरेको भारतलाई विराट कोहली र अक्सर पटेलले माथि उकासेका थिए । विराट कोहलीले सर्वाधिक ५९ बलमा ७६ बनाए ।

भारतले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७६ रन बनाएको छ । भारतको लागि विराट कोहलीले ७६ रन जोडे । उनी ५९ बलको सामना गरेर २ छक्का र ६ चौका प्रहार गरेर आउट भएका थिए । त्यस्तै अक्षर पटेल ४७, शिवम डुबे २७, रोहित शर्मा ९, रवीन्द्र जडेजा २ र ऋषभ पन्त शून्य रनमा आउट हुँदा हार्दिक पान्ड्या ५ रनमा अविजित रहे । बलिङतर्फ दक्षिण अफ्रिकाका केशव महाराजा र एनरिच नोर्त्जेले २(२ तथा मार्को जेन्सन र काजिसो रबाडाले एक(एक विकेट लिए ।

पहिलो सेमिफाइनल खेलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका पहिलो फाइनलमा पुगेको थियो । भारतले दोस्रो सेमिफाइनल खेलमा साविक विजेता इंग्ल्यान्डलाई ६८ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो । भारत तेस्रो र दक्षिण अफ्रिका पहिलो पटक फाइनलमा पुगेका हुन् ।