images

कांग्रेसले भन्यो-प्रधानमन्त्री जी तत्काल राजीनामा दिनुहोस्

  • २० असार २०८१, बुधबार

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा दिन आग्रह गरेको छ। आज पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठकले दुई ठूला दल मिलेर सरकार बनाउने सहमति गरेपछि मार्ग प्रशस्त गर्न आग्रह गरेको प्रवक्ता डा. प्रकाशशरण महतले बताए। यस्तै, महामन्त्री विश्वप्रकाश शर्मा पनि एमालेले सरकारलाई दिएको समर्थन आज फिर्ता लिने सम्भावना रहेको बताए।