images

बैठकमा दिनभर उठेका प्रश्नको जवाफ नदिएरै बाहिर निस्किए मुकुल ढकाल

  • २० असार २०८१, बुधबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकाल पार्टी बैठकमा दिनभर उठेका प्रश्नको जवाफ नदिएरै पार्टी बैठकबाट बाहिर निस्किएका छन्। उनले तयार पारेको प्रतिवेदनमाथि पार्टी बैठकमा केन्द्रीय सदस्यहरूले प्रश्न उठाएका थिए। बैठकको अन्तिममा सभापति रवि लामिछानेले उनलाई जवाफ दिन पनि आग्रह गरे। तर, ढकाल जवाफ दिन्न भन्दै बैठकबाट बाहिरिएको एक केन्द्रीय सदस्यले जानकारी दिए।