images

राजीनामा बुझाउन बालकोटबाट बालुवाटारतर्फ लागे एमालेका मन्त्रीहरु

  • २० असार २०८१, बुधबार

काठमाडौं । नेकपा एमालेका मन्त्रीहरू प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाउन बालुवाटार गएका छन्। उनीहरू केहीबेरअघि मात्रै अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटबाट बालुवाटारतर्फ लागेका हुन्। प्रधानमन्त्रीले साढे ८ बजेलाई समय दिएपछि मन्त्रीहरू बालुवाटार गएको एमालेका एक नेताले जानकारी दिए।