images

अल्पमतमा परेपछि प्रधानमन्त्री प्रचण्डले गाए गीत

  • २० असार २०८१, बुधबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग एमालेले सत्ता सहयात्रा टुंग्याएको छ। नेपाली कांग्रेससँग राष्ट्रिय सहमतिकोे सरकार बनाउने समझदारी गरेको एमालेले बुधबार बेलुकी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको हो। समर्थन फिर्तासँगै एमालेबाट मन्त्री बनेका ८ जनाले पनि सामूहिक राजीनामा दिएका छन्।

प्रचण्डले गायक फत्तेमान राजभण्डारीको गीतका केही हरफ सुनाए। ‘एउटा मात्रै कुरा भन्छु’ भन्दै प्रधानमन्त्रीले ‘यस्तो पनि हुँदो रैछ जिन्दगीमा कैले कैले, कसैलाई माया गर्नु एउटा भूल गरेँ मैले’ बोलको गीत गाएका थिए। लगत्तै, प्रधानमन्त्री प्रचण्ड अल्पमतमा परेका छन्। गत सोमबार मध्यराति नेपाली कांग्रेससँग सत्ता सहयात्रा तय गरेको एमालेले मंगलबार पार्टी बैठक बसेर २४ घण्टाभित्र राजीनामा दिन आग्रह गरेको थियो। तर, प्रधानमन्त्रीले राजीनामा नबुझाएपछि बुधबार एमालेका मन्त्रीहरू आफैँ पुगेर सरकार छाडेको जानकारी गराएका हुन्। योसँगै एमालेले उनलाई दिएको समर्थन पनि फिर्ता लिएको छ। संविधानअनुसार उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ।