images

अशोक राईको जसपाको समर्थन कांग्रेस-एमालेको गठबन्धनलाई

  • २१ असार २०८१, बिहीबार

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले नेपाली कांग्रेस र नेकपा एमालेको नयाँ गठबन्धनलाई समर्थन गर्ने भएको छ। वर्तमान सरकारमा पार्टीका तर्फबाट सहभागी मन्त्रीहरूलाई आजै राजीनामा दिन निर्देशन दिइने पार्टीका महासचिव मोहम्मद इस्तियाक राईले जानकारी दिए। प्रतिनिधिसभाका ठूला दुई दलबीच भएको सहमतिलाई जसपाले समर्थन गर्ने उनले बताए। जसपाका अध्यक्ष अशोक राई र नेता राजेन्द्र श्रेष्ठको कार्यव्यस्तताले आज साँझसम्म वा भोलि बिहान ७ बजे बैठक बसेर निर्णय गरिने जनाइएको छ।