images

वडा सदस्य जित्न नसक्ने पदाधिकारी बनेपछि एकीकृत समाजवादी उभो लाग्छ त ? : प्रेम आले

  • २२ असार २०८१, शुक्रबार

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता तथा प्रतिनिधि सभा सांसद प्रेम आलेले पार्टीसँग कुनै साइनो नरहेको बताएका छन्। पार्टीको दसौं महाधिवेशन बहिष्कार गरेको बताएका आलेले वडाध्यक्षसमेत नजित्ने मानिसहरू पदाधिकारी बनेको भन्दै असन्तुष्टि व्यक्त गरे। ‘म एमालेमै पोलिटब्युरो सदस्य भइसकेको हुँ, तीनपटक मन्त्री भइसकेको छु। त्यो एकीकृत समाजवादीमा वडा सदस्य जित्न नसक्ने मानिस पदाधिकारी छन्। त्यो पार्टी उँभो लाग्छ त्यही देखेर मैले बहिष्कार गरेको हुँ,’ उनले भने।