images

भ्याकुरे खोलाले बगाएर दुई जनाको मृत्यु

  • २३ असार २०८१, शनिबार

बनेपा । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ स्थित भ्याकुरे खोलाले बगाएर दुई जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार साँझ ७ बजेको समयमा उक्त खोला तर्ने क्रममा सोही ठाउँका जालमाया रुवाल मगर र सोतिमाया रुजाल मगरको मृत्यु भएको हो। उनीहरूको शव ९ सय मिट तल मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।