images

मुकलले भने-रवि लामिछाने क्लबको कारबाहीपछि पनि पार्टी भित्र घण्टी बजाई राख्छु

  • २६ असार २०८१, मंगलवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाईएपछि डा. मुकुल ढकालले ‘रवि लामिछाने क्लबको कारबाही’ भनी टिप्पणी गरेका छन्। आजै (मंगलबार) बिहान बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले ढकाललाई पार्टीको साधारण सदस्य मात्र रहनेगरी महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट बर्खास्त गरेको हो।

त्यसलगत्तै सामाजिक सञ्जालमार्फत ढकालले रास्वपाबाट निकालिएको नभई रवि लामिछाने क्लबबाट मात्र निकालिएको दाबी गरेका हुन्। उनले पार्टीभित्र ‘घण्टी बज्न नरोकिने’ र राष्ट्रय स्वतन्त्र पार्टी बनाउने संकल्प जारी रहने जिकिर पनि गरेका छन्। रास्वपाको अनुशासन आयोगले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निकाल्न सिफारिस गरे पनि केन्द्रीय समितिले भने साधारण सदस्य कायमै रहने गरी अन्य जिम्मेवारीबाट मात्र हटाएको हो।