images

अब बन्ने सरकार ७६ (३) अनुसार होईन, ७६ (२) अनुसार नै बन्छ : कोईराला

  • २६ असार २०८१, मंगलवार

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अब बन्ने सरकार संविधानको धारा ७६ को उपधारा २ अनुसार बन्ने बताएका छन्। यसबारे आफूले बोलेका कुरा पनि बंग्याइएको उनको भनाइ छ। ‘मिडियाहरूमा आइरहेको छ, संविधानको धारा ७६ को २ अनुसार सरकार हुन्छ कि ३ अनुसार भन्ने। म तपाईंहरूलाई विश्वास दिलाउन चाहन्छु, यसमा अलमल हुने काम छैन, अब बन्ने सरकार ७६ (२) कै हुन्छ ।

काठमाडौंको जोरपाटीमा मंगलबार खगेन्द्र नवजीवन विशेष विद्यालयको छात्रवृत्ति वितरण कार्यक्रममा कोइरालाले भने, ‘यहाँ धेरै मिडियाहरूले मजा लागेको वा के हो मैले बुझ्न सकेको छैन, तर अब बन्ने सरकार संविधानको धारा ७६ को उपधारा २ अनुसारकै हुन्छ भन्ने कुरा तपाईंहरूको माझमा राख्न चाहन्छु ।’