
काठमाडौ । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई चुनावी र्यालीका क्रममा गोली हानिएको घटनाबारे अमेरिकी गुप्तचर सेवाले विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिअनुसार आक्रमणकारीले ‘र्यालीस्थलभन्दा बाहिर उच्च स्थानबाट’ धेरै राउन्ड गोली चलाएको थियो। विज्ञप्तिमा गुप्तचर सेवाले आक्रमणकारीलाई घटनास्थलमै मारिएको उल्लेख गरेको छ। विज्ञप्तिअनुसार घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन्।
यस्तो छ विज्ञप्ति
पूर्व राष्ट्रपति ट्रम्पलाई बटलर, पेन्सिल्भेनियामा जुलाई १३ (शनिबार) साँझ करिब ६:१५ बजे चुनावी र्यालीका क्रममा एक संदिग्ध व्यक्तिले कार्यक्रमस्थल बाहिरको एक उच्च स्थानबाट मञ्चतर्फ धेरैवटा गोली हाने। अमेरिकी गुप्तचर सेवाका कर्मचारीले आक्रमणकारीलाई असफल बनाए, जो तत्काल मारिए। अमेरिकी सुरक्षा सेवाले तुरुन्तै सुरक्षात्मक उपाय अपनाउँदा पूर्व राष्ट्रपति ट्रम्प सुरक्षित छन्। एक दर्शकको मृत्यु भयो र दुई दर्शक गम्भीर घाइते भएका छन्। घटनाको अनुसन्धान जारी छ र यस विषयमा गुप्तचर सेवाले एफबीआईलाई जानकारी गराएको छ।