images

धितोपत्र बोर्डको अध्यक्षमा बराल नियुक्त, २४ घण्टासम्म सुचना गोप्य राखियो

  • ३ श्रावण २०८१, बिहीबार

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेपाल धितोपत्र बोर्डमा मन्त्रालयबाट प्रतिधित्व गर्ने प्रतिनिधि तथा अध्यक्ष परिवर्तन गरेका छन् । यसअघि मन्त्रालयबाट बोर्डमा प्रतिनिधित्व गर्दै आएका नरेन्द्रकुमार रानालाई फिर्ता बोलाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख महेश बराललाई मन्त्री पौडेलले बोर्ड अध्यक्ष बनाएका हुन् । बराललाई अर्थमन्त्री पौडेलले बुधबार नै नियुक्त गरेका थिए । बरालले आज (बिहीबार) कार्यभार सम्हालेका छन् । उनलाई बोर्डका कर्मचारीहरूले स्वागत गरेका थिए ।

यसअघि माओवादी केन्द्रका उप–महासचिव वर्षमान पुन अर्थमन्त्री हुँदा आफ्ना विश्वास पात्र रानालाई अध्यक्ष बनाएका थिए । पछि विवाद आएपछि रानालाई अर्थ मन्त्रालयको बजेट महाशाखा प्रमुखको जिम्मा दिइएको थियो । बोर्डको कामकारबाही बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारीलाई दिएर कहिलेकाहीँ मात्र बोर्डमा राना जाने गरेको स्रोतको भनाइ छ । ओली सरकारले मन्त्रिपरिषद्का निर्णयहरु चौबिस घण्टा गोप्य राखिने यो अघि नै जानकारी गराईसकेको छ ।