
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको न्यूरोडमा पुत्ला जलाइएको छ । न्यूरोड क्षेत्रको फुटपाथ विस्तारको विषयमा विवाद भएपछि स्थानीयले मेयर शाहको पुत्ला जलाएका हुन् । न्यूरोडको सडक विस्तारका क्रममा सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाको बीचमा विवाद हुँदा फुटपाथ विस्तार कार्य रोकिएको थियो ।