काठमाडौं । दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’ आएको छ । भीमसेनको मूर्तिमा शनिबार दिउँसो १ः४७ बजेदेखि ‘पसिना’ आएको दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जानकारी दिए । उनका अनुसार, शनिबार दिउँसो ३ः५१ बजेसम्म शिलामा ‘पसिना’ आएको थियो । मूर्तिको बायाँ भागमा ‘पसिना’ आएको उनले बताए । ‘पसिना’पछि अनिष्ट हुने भन्दै मन्दिरमा बाजागाजासहित पूजाआराधना गर्न थालिएको छ । भीमसेनको शिलामा ‘पसिना’ आएपछि मुलुक र जनतामा अनिष्ट नहोस् भनेर घण्टसहित सबै प्रकारका बाजा बजाइन्छ ।