images

डीआईजी जोशीलाई एआईजीमा बढुवा सिफारिस

  • ७ श्रावण २०८१, सोमबार

काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) रामदत्त जोशीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ । आज बसेको बढुवा समितिको बैठकले उनलाई एआईजीमा बढुवा गर्न सिफारिस गर्ने निर्णय गरेको हो । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा गार्ड प्रमुखका रूपमा कार्यरत छन् । असार १९ मा एआईजी उमेशराज जोशीले अवकाश पाएपछि रिक्त दरबन्दीमा उनको बढुवा सिफारिस भएको हो । उनले एआईजीको ५६ वर्षे उमेर हदको कारण अवकाश पाएका थिए ।