images

राजनीतिक प्रभाव खोजेको कांग्रेसको भागमा भारत र मोटो रकम आउने अमेरिकामा एमालेको राजदूत

  • १० श्रावण २०८१, बिहीबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेको दुई सातामै एमाले र कांग्रेसले राजदूत नियुक्तिमा भागबण्डा गरेका छन् । प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच राजदूत नियुक्तिमा सहमति बनेको हो। दुवै दलका शीर्ष नेताहरूबीच चीन, रसिया, जापान र अस्ट्रेलियाबाट राजदूत फिर्ता गर्ने समझदारी भइसकेको छ।

उच्च नेतृत्व तहमा भएको सहमति अनुसार अमेरिका, चीन, बेलायत र रुसमा एमालेले राजदूत सिफारिस गर्नेछ। यी चार वटै शक्ति राष्ट्र हुन्, जहाँ पहिलो पटक र एमालेले एकै पटक आफ्नो सिफारिसमा राजदूत पठाउन लागेको हो। भारत, जापान, अस्ट्रेलिया र मलेसियामा कांग्रेसको सिफारिसमा राजदूत नियुक्त गर्ने सहमति बनेको छ।

सहमति अनुसार एमालेभन्दा कांग्रेसले एक बढी देशमा राजदूत सिफारिस गर्नेछ। भागबण्डा अनुसार, नेपालमा माईक्रोम्यानेजमेन्ट प्रभाव रहने भएकाले कांग्रेसले भारत रोजेको र विभिन्न आईएनजिओबाट मोटो पैसा प्राप्त गर्ने आधार झन् बलियो बनाउन एमालेले अमेरिकामा आफ्नो राजदूतको भाग खोजेको राजनीतिक वृतमा चर्चा चलेको छ । नेपालमा रहेका हजारौँ आईएनजिओ मध्ये करिब ७० प्रतिशत एमाले कार्यकर्ताका रहेका छन् । त्यसैले एमालेमा अरबौँ डलर आईएनजिओ मार्फत् पश्चिमा तथा अमेरिकाबाट भित्रिने गरेको जानकारहरु बताउँछन् ।