
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले पार्टी पदाधिकारी पदबाट राजीनामा दिन आफू तयार रहेको बताएका छन् । पाँच दिनसम्म चलेको बैठकमा लिखित रूपमा असहमति राख्दै उनले पार्टीका सबै पदाधिकारीले राजीनामा दिनुपर्ने प्रस्ताव राखेका हुन् । उनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘पदाधिकारीले सरकार राजदूतसहित अन्य नियुक्तिको विषयमा ठीक योजना र नीति बनाउन नसकेकाले सबैले राजीनामा दिनुपर्छ । अरू कसैले राजीनामा नदिए म एक्लै भएपछि दिन्छु, त्यो कुरा अध्यक्षबाट आउनुपर्यो ।’ उपमहासचिव गजुरेलले लिखित पत्र बैठकमा वाचन गर्दै आफू पद त्याग्न तयार रहेको सुनाए । तर माओवादी केन्द्रका मुख्यसचिव श्रीराम ढकालले उपमहासचिव गजुरेलले राजीनामा नदिएको दाबी गरे ।