images

परराष्ट्रमन्त्री आरजू राणाको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता

  • ४ भाद्र २०८१, मंगलवार

काठमाडौं । भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेकी छन् । मोदीसँग भेट भएकोबारे राणाले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छन् । भेटका क्रममा उनीहरुबीच नेपाल भारत सम्बन्ध र यसको बहुआयामिक विविधताबारे छलफल भएको राणाले बताएकी छन् । आफ्नो परराष्ट्रमन्त्रीका रुपमा भएको भ्रमण र भेटवार्ताले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्ध थप उचाइमा पुग्ने राणाले अपेक्षा गरेको उल्लेख गरेकी छन् । राणाले यसअघि भारतीय विदेशमन्त्री एस। जय शंकरसँग पनि भेट गरेकी थिइन् ।