काठमाडौं । निरन्तरको वर्षाका कारण निम्तिएको विपद्का घटनाका कारण काठमाडौं उपत्यकामा ३२ जनाको ज्यान गएको छ । शनिबार दिउँसोसम्म काठमाडौंमा ११, ललितपुरमा १६ र भक्तपुरमा पाँच जनाले ज्यान गुमाएका हुन् ।
यसैगरी, काठमाडौंमा १०, ललितपुरमा पाँच र भक्तपुरमा दुई जना गरी जम्मा १७ जना घाइते भएका छन् । यस अवधिमा उपत्यकाबाट एकहजार ५३ जनाको उद्दार गरिएको छ । यस्तै, काठमाडौंमा एक र ललितपुरमा ११ गरी कुल १२ जना बेपत्ता छन् । उद्धारकार्यका लागि उपत्यकामा चारहजार ५१० जना प्रहरी परिचालन गरिएको छ ।