
काठमाडौं । नेपालले लेबनानमा इजरायलले संयुक्त राष्ट्र संघका शान्ति सैनिकविरुद्ध गरेको आक्रमणको कडा निन्दा गरेको छ। युनिफिल अर्थात् संयुक्त राष्ट्र अन्तरिम बल लेबनानले आइतबार इजरायली सेना मुख्य गेट तोडेर शान्ति सैनिकको आधार क्षेत्रमा घुसेको र गोलाबारी गरेको बताएको थियो।
जसको धुवाँले १५ जना शान्ति सैनिकलाई छालाको जलन र पेटसम्बन्धी समस्या भएको जनाइएको छ। सो घटनाविरुद्ध परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी नेपालका तर्फबाट निन्दा गरेको हो।