images

दुर्गा प्रसाईं सवार गाडीको ठक्करबाट घाइते मेहताको मृत्यु

  • ८ मंसिर २०८१, शनिबार

काठमाडौं । साइबर अपराध आरोपमा हाल प्रहरीको हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं सवार गाडीको ठक्करबाट घाइते व्यक्तिको मृत्यु भएको छ। सुनसरी जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिनेश अधिकारीले दिएको जानकारीअनुसार प्रसाईं सवार बागमती प्रदेश ०१–०२८ च ०२०१ नम्बरको गाडीको ठक्करबाट घाइते स्थानीय फुलेश्वर मेहताको उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो।

प्रहरीका अनुसार प्रसाईं सवार उक्त गाडीले गत कात्तिक २५ गते कोसी गाउँपालिक(३ स्थित नहर चोकमा २ वटा मोटरसाइकललाई ठक्कर दिँदा स्थानीय ६० वर्षीय मेहता घाइते भएका थिए। दाहिने खुट्टा र हातमा चोट लागेका मेहतालाई तत्काल सप्तकोसी न्युरो अस्पतालमा भर्ना गरिएको थियो। तर त्यहाँ १० दिनसम्म उपचार गर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि यही मंसिर ५ गते नोबेल अस्पताल पठाइएको थियो।

प्रहरीका अनुसार मृतक मेहताका परिवारजनले भने सप्तकोसी न्युरो अस्पतालको लापरबाहीबाट ज्यान गएको आरोप लगाएका छन्। ठक्कर दिने गाडीका चालक हाल झापा निवासी सन्तोष चौधरीलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।