images

विदेशी मुद्रा सञ्चिति साढे २२ खर्ब नाघ्यो, १५ महिनाको आयात धान्ने

  • २७ मंसिर २०८१, बिहीबार

काठमाडौं । मुलुकमा विदेशी मुद्रा सञ्चिति साढे २२ खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार कात्तिक मसान्तसम्म २२ खर्ब ५५ अर्ब रुपैयाँ सञ्चिति रहेको छ । चार महिनामा विदेशी मुद्रा सञ्चिति १०।५ प्रतिशतले बढेको हो । असार मसान्तसम्म २० खर्ब ४१ अर्ब रुपैयाँ विदेशी सञ्चित थियो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा कात्तिक मसान्तमा ९।४ प्रतिशतले बढेर १६ अर्ब ७० करोड पुगेको छ । हालको आयातलाई आधार मान्दा सञ्चित विदेशी मुद्राले १८ महिनाको वस्तु र १५।१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।