images

चालीस हजार धरौटी बुझाएर छुट्नेबित्तिकै फेरि पक्राउ परे दुर्गा प्रसाईं

  • २७ मंसिर २०८१, बिहीबार

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं धरौटी बुझाएर छुट्नेबित्तिकै फेरि पक्राउ परेका छन्। जिल्ला अदालत काठमाडौंका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले बिहीबार प्रसाईंसँग ४० हजार धरौटी माग गरेपछि उनले धरौटी बुझाएका थिए। नेपाल प्रहरीको साइबर ब्युरोले साइबर अपराध कसुरमा प्रसाईंलाई पक्राउ गरेको थियो। उनीमाथि विद्युतीय कारोबार ऐनअन्तर्गत धरौटी माग भएको थियो।

विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार प्रसाईंमाथि साइबर ब्युरोले अनुसन्धान गरेको थियो। यसमा धरौटीमा छाड्न अदालतले आदेश दिएको थियो। धरौटी बुझाएपछि रिहा भएका प्रसाईंलाई प्रहरीले पुनस् पक्राउ गरेको हो।

प्रसाईंमाथि संगठित अपराध र आपराधिक लाभ लिन नहुने कसुरमा पनि अनुसन्धान भइरहेकोले उनलाई बिहीबार फेरि नियन्त्रणमा लिनुपरेको प्रहरीले जनाएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले प्रसाईंमाथि भारतमा मानिस राखेर व्यापारीहरूलाई धम्क्याउँदै रकम माग गरेको अभियोगमा पनि अनुसन्धान गरिरहेको छ।