images

संविधान संशोधन गर्ने समय भएको छैन : पूर्वप्रधानन्यायाधीश कार्की

  • २९ मंसिर २०८१, शनिबार

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले संविधान संशोधन गर्ने समय नभएको बताएकी छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। उनले संविधान संशोधन गर्नै नहुने भन्ने नभएको तर ९ वर्षमै संविधान संशोधन गर्ने बेला नभएको बताइन्।

पूर्वप्रधानन्यायाधीश कार्कीले संविधान संशोधनको बेला नभइ उपयोगको बेला भएको धारणा राखिन्। अहिलेको संविधानले देश विकास नभएको भए अन्य कुनैपनि संविधानले देश विकास गर्न नसक्ने उनको भनाई थियो। उनले वर्तमान संविधानमा भाषा नमिलेको देखिएपनि शुरुदेखि अन्त्यसम्म सबै कुराले छोएको बताइन्। शासक वर्गको नियति ठिक भए अहिलेकै संविधान राम्रो भएको उनले बताइन्।

जब अरु मुलुकमा सयौँ वर्षसम्म संशोधन हुँदैन भने यसको राम्रो प्रयोग नभइकन, उपयोग नभइकन संशोधन हुनुपर्ने आवाज आइरहेको छ। त्यो हुनु हुँदैन। यो संविधानलाई खराब भन्न मिल्दैन, यो नराम्रो भन्नु जनतालाई गाली गर्नु हो। नेपालको सम्पूर्ण जनताको ६ सय प्रतिनिधिहरुले बसेर छलफल गरेर सबै तप्काका मानिस, राजनीतिज्ञ, अन्य प्रतिनिधित्व गर्ने वर्गका सबै भेला भएर बनाएको हो।’ पूर्वन्यायाधीश कार्कीले संविधान आफैँमा पूरा कहिले पनि नहुने बताइन्। उनले शासकलाई राम्रो काम गर्न संविधान बाधक नभएको बताइन्।