
रुपन्देही । रुपन्देहीको फर्साटिकरस्थित यद्योदय दूधनाथ थारु बहुमुखी क्याम्पसमा स्ववियू चुनावको मतदान चलिरहँदा शुद्धोधन गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद बस्याल सरकारी गाडी लिएर मैदानमै आएका छन् । नेविसंघका उम्मेदवारको पक्षमा माहोल बनाउन सरकारी गाडी दुरुपयोग गरी बस्याल मतदानस्थलमै आएपछि विभिन्न विद्यार्थी संगठनहरुले विरोध जनाएका छन् ।
कांग्रेसबाट गाउँपालिका अध्यक्ष जितेका बस्याल नेविसंघका उम्मेदवारलाई जिताउन प्रचारमा लागेको र निर्वाचनमा बसेका कर्मचारीलाई प्रभावित बनाउन खोजेको अनेरास्ववियुले आरोप लगाएको छ । यहाँ नेविसंघ, अनेरास्ववियु, र अखिल क्रान्तिकारी सिंगल सिंगल चुनावी मैदानमा उत्रिएका छन् ।