images

कारागार पस्नुअघि रविले भने-ममाथि राजनीतिक प्रतिशोध भयो, पालो सबैको आउँछ

  • २४ चैत्र २०८१, सोमबार

भैरहवा । संगठित तवरले सहकारी ठगेको अभियोगमा रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रूपन्देहीको भैरहवा कारागारमा थुनिएको छ। शुक्रबार राति पक्राउ परेका उनलाई त्यस रात काठमाडौँ जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको थियो। शनिबार बिहान उनलाई भैरहवा पठाइए पनि २ दिन सार्वजनिक बिदा परेकाले सोमबार मात्र अदालतमा उपस्थित गराइएको थियो। लगत्तै अदालतले थुनुवा पुर्जी दिएर कारागार पठाइएको हो।

अहिले थुनामा जानुपर्ने अवस्था हुनुका पछाडि पनि उनले विभिन्न आशंका उठेको बताए। तर, अदालतबाटै त्यस्ता आशंका निवारण हुने उनको भनाइ छ। पार्टी अभियान नरोकियोस् भन्ने उनले अर्को सन्देश पनि दिएका छन्।

उनले आफूमाथि प्रतिशोध भएको भन्दै अरूले पनि यो अवस्थाबाट गुज्रिनुपर्ने चेतावनी पनि दिए। उनको भनाइ थियो, ‘अहिले ममाथि राजनीतिक प्रतिशोध भयो। पालो सबैको आउँछ। यो परीक्षाको पहिलो विद्यार्थी म भएँ। मैले जसरी नै जाँच अरूले पनि दिनुपर्नेछ।’