images

बार निर्वाचनमा सरकार पक्षको क्लिनस्विप

  • २७ चैत्र २०८१, बिहीबार

काठमाडौं । नेपाल बार एसोसिएसनको २७ औँ केन्द्रीय कार्यसमिति चयनका लागि भएको निर्वाचनमा सत्ताधारी गठबन्धनका साझा उम्मेदवार बरिष्ठ अधिवक्ता विजयप्रसाद मिश्रको प्यानल नै विजयी भएको छ । नेपाली कांग्रेस र नेकपा एमाले निकट वकिलहरुको प्यानल लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहले क्लिनस्विप’ गरेको हो ।

अध्यक्षमा मिश्रले माओवादी केन्द्र निकट रमनकुमार श्रेष्ठलाई फराकिलो मतान्तरले पराजित गर्दा महासचिवमा उनकै प्यानलका केदार कोइरालाले बाजी मारे । मिश्र कांग्रेस र कोइराला एमाले निकट वकिल हुन् । मिश्रले ५ हजार ५२ मत ल्याउँदा रमनकुमारलाई २६ सय २१ मत आएको छ । ढानिलकण्ठ घर भएका मिश्र कांग्रेस सभापति शेरबहादुर देउवाको छिमेकी पनि हुन् । झण्डै तीन दशकदेखि कानुनी सेवामा रहेका उनी नेपाल ल क्याम्पसका प्राध्यापक पनि हुन् । ०६६ देखि ०६९ सम्म बारको महासचिव रहेका उनी एक दशकपछि अध्यक्ष बन्न सफल भएका हुन् ।