
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भाषा हराए समाज कमजोर र विखण्डित हुने भन्दै सुदूरपश्चिमको भाषा हराउँदै गएको बताएका छन् । सुदूरपश्चिमको भाषा हराउँदै गएको भन्दै देउवाले चिन्ता व्यक्त गरे । देउडा समाज केन्द्रीय कार्यालयले प्रज्ञा प्रतिष्ठानमा सोमबार आयोजना गरेको देउवाखेल तथा अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले भाषा हराउँदै जानु चिन्ताको विषय भएको बताएका हुन् ।
उनले भाषा हराए समाज कमजोर र विखण्डित हुने समेत बताए । देउवाले संसारभर भाषा बचाउने अभियान र संघर्ष चलिरहेको भन्दै आफ्नो भाषा बचाउन लाग्नु पर्ने बताए । उनले भाषासँगै सुदूरपश्चिमको संस्कृति जोगाउन पनि सबै लाग्नु पर्ने बताए ।