images

बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्मै छ : गगन थापा

  • २ बैशाख २०८२, मंगलवार

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बिचौलियाको पहुँच प्रधानमन्त्रीको शयनकक्षसम्मै हुने गरेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सांसदसमेत रहेका थापाले अहिलेको अर्थतन्त्रमा बिचौलियाकै कारण समस्या आएको जिकिर गरे । तर, निजी क्षेत्र र बिचौलिया फरक विषय भएको उनको भनाइ छ । उनले बिचौलियाको पहुँच नेतृत्व तहको शयनकक्षसम्म हुने गरेकाले अहिले समस्या सिर्जना भइरहेको बताए ।

ूहाम्रो इकोनोमी ९अर्थतन्त्र०मा अहिले समस्या भएको भनेको बिचौलियाको कारणले हो । म यो प्रधानमन्त्री, त्यो प्रधानमन्त्री भन्दिनँ । बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म हुने भयो, नेतृत्वको बेडरुमसम्म हुने भयो । मलाई अहिलेसम्म थाहा थिएन,ू उनले भने । पहिले राष्ट्र बैंकको गभर्नरबारे छलफल हुँदा कौतुहलता हुने गरे पनि अहिले बिचौलियाको मान्छे भनेर खुलारूपमा बहस र छलफल हुने अवस्था आएको थापाको जिकिर छ ।