काठमाडौं । जिल्ला अदालतले तीनकुने घटनाका कमान्डर दुर्गा प्रसाईंलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिए पनि लगाइएका चारवटा अभियोगमा भने संलग्नता नदेखिएको जनाएको छ। जिल्ला न्यायाधीश ध्रुवराज कार्कीको इजलासले प्रसाईंलाई लगाइएकामध्ये राज्यविरुद्धको कसुर, ज्यानसम्बन्धी कसुर, ज्यान मार्ने उद्योग र संगठित अपराधका कसुरतर्फ कसुरदार हो भन्ने विश्वास गर्ने कुनै मनासिव आधार नदेखिएको जनाएको छ। यी कसुरमा हाल...