images

अफगानिस्तानको हरिबिजोग, विश्वकपको इतिहासकै कम स्कोरमा अलआउट

  • १४ असार २०८१, बिहीबार

काठमाडौं । आईसीसी टी-२० विश्वकपको फाइनलमा पुग्न दक्षिण अफ्रिकाले ५७ रनको झिनो लक्ष्य पाएको छ। ब्रायन लारा स्टेडियममा जारी पहिलो सेमिफाइनलमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तान ११.५ ओभरमा ५६ रन बनाउँदा अलआउट भयो।

यो विश्वकपको इतिहासमा पहिलोपटक सेमिफाइनलमा बनेको कम योगफल हो। समूह चरण र सुपर ८ मा उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलमा पुगेको अफगानिस्तान दक्षिण अफ्रिकाको घातक बलिङसामु लामो समय क्रिजमा टिक्न सकेन।

अजमतुल्लाह ओमरजाइले बनाएको १० रन नै अफगानिस्तानका लागि सर्वाधिक रह्यो। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। अफगानिस्तानका ४ ब्याटर बोल्ड आउट भए। तीन ब्याटर क्याच आउट र तीन खेलाडी एलबीडब्लु आउट भए।

अफगानिस्तानलाई कम स्कोरमा रोक्न मार्को जोसनले ३ विकेट लिए। कागिसो रवाडा, एनरिच नोर्टेज र तबरैज साम्सीले समान २ विकेट लिए। अफगानिस्तान पहिलोपटक विश्वकपको सेमिफाइनल खेलेको हो। दक्षिण अफ्रिकाको भने तेस्रो सेमिफाइनल खेल हो।